इराकले फेरि भन्यो– अमेरिकाले आफ्नो सेना फिर्ता लैजानू

एजेन्सी– अमेरिकी आक्रमणमा इरानी जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच बढ्दो तनावबीच इराकले पनि अमेरिकाको साथ छोड्न खोजिरहेको छ । यहीबीच इराकले अमेरिकासँग आफ्नो सम्बन्ध बिग्रिए पनि केही नहुने खालका अभिव्यक्ति दिन थालेको छ । 

इराकले फेरि पनि अमेरिकाले आफ्ना सैनिक इराकबाट फिर्ता लैजान भनेको छ । यसअघि पनि इराकी संसदमा यो प्रस्ताव पारित भएको थियो । तर, अमेरिकाले इराकको यो आग्रह अस्वीकार गरिदिएको छ ।

सुलेमानी मारिएपछि जवाफी आक्रमणमा इरानले इराकमा रहेका अमेरिकी सैन्य अखडामा बारम्बार मिसाइलहरुले प्रहार गर्न खोजिरहेको छ । अमेरिकाले यसपछि इरानमाथिका प्रतिबन्ध थप बढाएको छ ।

इराक अमेरिका र इरानबीचको युद्धको मैदान आफ्नो देश नबनोस् भन्ने चाहना राख्ना भएकाले अमेरिका सेना फिर्ता लैजान अनुरोध गरिरहेको त्यहाँका अधिकारीले बताएका छन् । 

इराकका कार्यवाहक प्रधानमन्त्री आदिल अब्दुल महदीले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग फोन गर्दै फेरि पनि सेना फिर्ता लैजान अनुरोध गरेका छन् । 

इराकी प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो अनुमति विना हवाइ क्षेत्र प्रयोग गरेर आफ्ना नागरिकमाथि आक्रमण गरिरहेकोमा असन्तुष्टि पोखेका छन् । 



‘इराकको सुरक्षालाई लिएर दुवै सरकारबीच वार्ता हुनु आजको आवश्यकता हो,’ अमेरिकाले यसको जवाफमा भनेको छ ।

उता, इराकका शीर्ष शिया नेताले पनि इराकी जमिन इरान र इराकबीचको आक्रमणका लागि प्रयोग गरेकोमा असन्तुष्टि जनाएका छन् । उनले कुनै पनि विदेशी देशलाई इराकको भविष्य सुम्पिन नसकिने बताएका छन् ।



शिया नेता अल सिस्तानीले भनेका छन्, ‘यो खतरानक आक्रमण इराकको सम्प्रुभताको खुलेआम उल्लघंन गर्छ । हाम्रा जनता यसका कारण पीडित भएका छन् ।’

  • प्रकाशित मिति : पुस २६, २०७६ शनिबार ८:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया