प्रदेश ३ को नाम बागमती सर्वसम्मत, स्थायी राजधानी हेटौँडा पारित

हेटौंडा– प्रदेश तीनको प्रदेशसभाको आइतबार बसेको बैठकले सर्वसम्मत रुपमा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको छ । जसअनुसार प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौँडा कायम भएको छ । 

कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनियाले प्रदेशको नाम बागमती राख्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए ।

प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा एक मत पनि परेन ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस सुंदीय दलका नेता बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए । सो प्रस्ताव पनि दुईतिहाइभन्दा बढी मतले पास भयो ।  

प्रस्तावको पक्षमा १०४ मत परेको थियो भने भने विपक्षमा तीन मत मात्र पर्यो । धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता भए पनि प्रदेशसभाले यो प्रस्तावलाई बहुमतले अस्वीकृत गर्यो । 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १३:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया