तनहुँमा एनसेल टावरमा आगजनी

तनहुँ– तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ ।

बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १४:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया