नवलपरासीमा फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा

काठमाडौं– नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताए । फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उनले बताए । ‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ ।’ 

डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ । अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ’, उनले भने ।

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भई काम सुरु भइसकेको छ । ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने उनले बताए । दैलेख, सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १५:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया