सहरी फोहोरबाट ऊर्जा उत्पादनका लागि नेपाललाई यूएईले एक करोड अमेरकी डलर दिने

काठमाडौं– नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा उत्पादन प्रयोजनका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ । 

युएईले अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना)को वार्षिक साधारणसभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा गरेको हो।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले युएईको सो सहयोग स्वीकार गरेका छन् । साधारणसभाको विशेष समारोहमा सहभागी मन्त्री पुनले उक्त सहुलियत कर्जाका लागि नेपाललाई छनोट गरेकामा धन्यवाद दिए । 

मन्त्री पुनकाअनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ। आइरिनाको प्राविधिक सहयोगका लागि विभिन्न मुलुकबीच सात चरणमा भएको थियो ।

प्रतिस्पर्धामा नेपालसहित बुर्निका फासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा छानिएका थिए । 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १५:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया