एजेन्सी– गत सेप्टेम्बर महिनादेखि अष्ट्रेलियाको जंगलमा भीषण आगलागी भइरहेको छ । यस आगलागीबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन् भने ५० करोडभन्दा बढीको संख्यामा जीवजन्तु मारिएका छन् । त्यस्तै नगन्य संख्यामा बोटबिरुवा जलेर नष्ट भएका छन् ।
आगो अहिले पनि नियन्त्रणबाहिर छ । आगो अहिले ६.३ मिलियन हेकर्ड क्षेत्रफलमा फैलिइसकेको छ । आगलागीका पीडितहरुलाई विभिन्न क्षेत्रबाट सहयोग आइरहेको छ । यसैक्रममा खेलाडीले पनि आगलागीपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
अष्ट्रेलियाका पूर्वक्रिकेटर शेन वर्नले आगलागीपीडितको सहयोगका लागि आफ्नो क्याप (बैगी ग्रिन) लिलामी गरेका छन् । बैगी ग्रिन अष्ट्रेलियन खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गर्दा दिइने क्याप हो । अष्ट्रेलियन खेलाडीका लागि यो क्याप निकै महत्वपूर्ण मानिन्छ । यो लिलामीबाट १ मिलियन अष्ट्रेलियन डलर उठेको थियो ।
लिलामी पछि सेन वर्नले भनेका छन्– ‘यो क्याप मेरा लागि निकै महत्वपूर्ण थियो, यसको लिलामीबाट उठेको रकमले म ज्यादै हर्षित छु, यो रकम आगोबाट पीडितका लागि खर्च हुनेछ ।
त्यस्तै, फर्मुला वान डाइभर लुइस हामिल्टनले पनि ५ लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् । टेनिस खेलाडी मारिया सारापोभा तथा नोभाक जोकोभिचले पनि जनही २५ हजार अष्ट्रेलियन डलर सहयोग गर्ने बताएका छन् ।
यसअघि पनि अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेल, क्रिस लिन तथा डार्सी सर्टले पनि बिग बास लिगमा प्रहार गर्ने प्रत्येक छक्काबाट २ सय ५० डलर सहयोग गर्ने घोषणा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।