इरानकी एक मात्र ओलम्पिक पदकविजेता महिला जसले गरिन् देश छाड्ने फैसला

तेहरान– इरानकी ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन् । उनी हालसम्मकै इरानकी एक मात्र ओलम्पिक पदक विजेता महिला हुन् ।

२१ वर्षिया किमियाले आफू इरानको पाखण्ड, झुठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छिन् ।

इरानमा सताइएका लाखौँ इरानी महिलामध्ये आफू पनि एक भएको लेखेकी छन् । उनले सो पोस्ट कहाँबाट गरेकी हुन् भनेर खुलाएकी छैनन् । तर, इरानी मिडियाले उनी प्रशिक्षणका क्रममा उनी नेदरल्याण्डमा हुन सक्ने अनुमान गरेका छन् । 

उनले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा तेक्वान्दोबाट कांस्य पदक जित्दै इरानमा इतिहास बनाएकी थिइन् ।





  • प्रकाशित मिति : पुस २८, २०७६ साेमबार १७:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया