हबमा अष्ट्रेलियन एजुकेसन फेयर सम्पन्न

काठमाडौं– हब इन्टरनेसनल एजुकेसनले अष्ट्रेलियन एजुकेसन फेयर गरेको छ । सोमबार सम्पन्न फेयरमा ३ सयभन्दा धेरै विद्यार्थीले अवलोकन गरेको हबले जनाएको छ । 

फेयरमा जेम्स कुक विश्वविद्यालय, साउर्दन क्रस विश्वविद्यालय, फेडेरेसन विश्वविद्यालय, बक्स हिल इन्स्टिच्युट, इन्जिनियरिङ इन्स्टिच्युट अफ टेक्नोलोजी, एक्सेल्यिा कलेजलगायत १५ विश्वविद्यालय तथा कलेजहरुको प्रतिनिधित्व थियो । 

‘विद्यार्थीहरुलाई अष्ट्रेलियन शिक्षाबारे जानकारी दिन यो फेयर गरिएको थियो, यसको उद्देश्य पूरा भएको छ, नेपाली विद्यार्थीमा रहेका अष्ट्रेलिया शिक्षाबाट विभिन्न जिज्ञासा हामीले मेट्न सफल भएका छौँ,’ हब इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले भने, ‘अष्ट्रेलियामा पाइने विश्वका उत्कृष्ट शिक्षाप्रदायकहरुले दिएको जानकारी नेपाली विद्यार्थीलाई सहयोगी बन्ने हामीले विश्वास लिएका छौँ ।’

हबले आयोजना गरेको यो शैक्षिक मेलामा बिओके, ब्रिटिस कलेज तथा ट्राभलर्स हबले पनि सहभागीता जनाएका थिए । कार्यक्रममा ग्रिन बिन्स कफी एन्ड स्यान्डवीचले सहभागी विद्यार्थीहरुलाई कफी खुवाउनुका साथै बारिस्टा ट्रेनिङमा पचास प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

साथै, कार्यक्रममा हबले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि सहभागी सबै विद्यार्थीहरुलाई भिजट नेपाल २०२० को लोगो वितरण गरेको थियो । 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १०:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया