स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टो भल्भर्डेलाई बर्खास्त गर्दै रियल वेटिसका पूर्वप्रशिक्षक क्वेक सेटिनलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।
बार्सिलोनाले सेटिकसँग साँढे २ वर्षको सम्झौता गरेको छ ।
सन् २०१७ देखि बार्सिलानाको मुख्य प्रशिक्षक बनेका भल्भर्डेले बार्सिलोनालाई २ पटक स्पेनिस लिग च्याम्पियन बनाएता पनि च्यापियन्स लिगको फाइनलसम्म पु¥याउन सकेनन् ।
गत सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलविरुद्ध ३ – ० को अग्रतालाई जोगाउन नसक्दा बार्सिलोना सेमिफाइनलबाटै बाहिरीएको थियो । पहिलो लेगमा ३ –० को अग्रता लिएको बार्सिलोनाले दोस्रो लेगमा ४ –० हार व्यहोर्न पुगेको थियो ।
यही खेलले बार्सिलोनामा भल्भर्डेको अस्तित्वलाई संकटमा पारेको थियो ।
त्यस्तै, बार्सिलोना गत सिजनको कोपा डेल रेको फाइनलमा पनि भ्यालेन्सियासँग पराजित हुन पुगेको थियो । गत साता मात्रै सुपर कपको सेमिफाइनलमा ऐथ्लेटिको मड्रिडसँग ३ –२ ले पराजित भएपछि बार्सिलोना भल्भर्डेलाई क्लबमा नराख्ने निर्णयमा पुगेको हो ।
सेटिकले सन् २००५ मा रियल वेटिसलाई कोपा डेल रेको सेमिफाइनलसम्म पु¥याए पछि क्लब छाडेका थिए ।
बार्सिलोनाले भल्भर्डेसँगको सम्झौला समाप्त भएको भन्दै क्लबलाई गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै आप्mनो पेजमा पोस्ट गरेको छ ‘भल्भर्डेलाई बार्सिलोना परिवारलाई गरेको सहयोगप्रति धेरै धेरै धन्यवाद, साथै नयाँ प्रशिक्षक सेटिकलाई हाम्रो परिवारमा स्वगतम् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।