दिलिप हत्या प्रकरणमा चार पक्राउ

मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप महतोलाई टिपरले किचेर ‘हत्या’ गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । स्थानीय औरही खोलामा अवैध रूपमा भइरहेको बालुवा र गिटी उत्खननको विरोध गर्दा मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको मृतका आफन्तको दाबी छ ।       

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टिपरचालक महोतरी बर्दीवासका ३४ वर्षीय मुनीन्द्र महतो, लोडरचालक बर्दीवासकै २२ वर्षीय जितेन्द्रकुमार महतो, चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र दिलीपसँगै घटनास्थलमा गएका रोशन यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई प्रहरीले शनिबार राति सार्वजनिक गरेको छ । उनीहरूमाथि अनुसन्धान सुरु गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । यसैबीच, शनिबार मृतक महतोको अन्तिम संस्कार गरिएको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १४:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया