दिल्लीबाट चोरेर ल्याएको ६५ लाख भारतीय रुपैयाँसहित तीन पक्राउ

काठमाडौं– प्रहरीले ६५ लाख भारतीय रुपैयासहित तीनजनालाई कैलालीबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुले सो रकम भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको खुलेको छ । 

जुन रकम नेपाली १ करोड २ लाख रुपैयाँबराबर हो ।  उनीहरूको साथबाट प्रहरीले थप एक लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ । 

प्रहरीले बाजुरा बुढीगंगा नगरपालिका १, डुंग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई पक्राउ गरेको हो । उनीहरुमध्ये जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

उनीहरूले उक्त रकम नयाँदिल्लीका विशाल अग्रवालको घरबाट चोरी गरेको पत्ता लागेको छ । रकम चोरिएको बारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो । 

खोजीका क्रममा प्रहरीले कैलालीको गौरीगंगा नगरपालिकास्थित विन्दाकै घरभित्रबाट सो रकम फेला पारेको थियो । उनीहरुले घरभित्र टिनको बाकसमा पैसा राखेर खाल्डो खनेर गाडेका थिए । 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १६:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया