इंग्ल्याण्डका फास्ट बलर आर्चरमाथि दुर्व्यवहार गर्ने दर्शकलाई दुई वर्षको प्रतिबन्ध

एजेन्सी– इंग्ल्याण्डका फास्ट बलर जोफ्रा आर्चरमाथि रंगभेदी दुर्व्यवहार गर्ने एक दर्शकलाई न्युजिल्याण्ड क्रिकेटले दुई वर्षको प्रतिबन्ध लगाएको छ । 

ती व्यक्तिले न्युजिल्याण्डको घरेलु तथा अन्तर्राष्ट्रिय खेल मैदानमा गएर दुई वर्षको खेल हेर्न नपाउने भएका छन् । प्रतिबन्ध लगाइएका ती व्यक्तिको नाम भने गोप्य राखिएको छ । 

आर्चरले गत नोभेम्बरमा न्युजिल्याण्डविरुद्ध भएको पहिलो टेस्टको अन्तिम दिन आपूmमाथि रंगभेदी दुव्र्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

‘यो नुहुनुपर्ने घटनाप्रति हामी जोफ्रा आर्चर तथा इंग्ल्याण्ड टिम म्यानेजमेन्टसँग पुनः माफी चाहन्छौँ,’ प्रतिबन्धपछि न्युजिल्याण्ड क्रिकेटका प्रवक्ता एन्थोनी क्रुमीले भने, ‘यस्तो व्यवहार पुनः दोहोरिनु पूर्ण रुपमा स्वीकार्य हुनेछैन ।’ 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १७:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया