विकासको नाममा सम्पदा विनास भयोः याद्दबलाल नेवाः

काठमाडौं– सरकारी निकायले उचित कदम नचाल्दा काठमाडाँै उपत्यकाका ढुंगेधारा विनाशको भएको सम्पदा संरक्षण अभियान्ता याद्दबलाल नेवाःले बताएका छन् ।

मार्टिन चौतारीमा मंगलबार भएको ‘काठमाडाँै उपत्यकाका ढुंगेधारा विनाश, उत्खनन, र संंरक्षण’ कार्यक्रममा बोल्दै याद्दबलाल नेवाःले ‘सरकारले भैतिक बिकासको नाममा गैर जिम्मेवार नभएर विकासको काम नगरेकाले उपत्यकाका सम्पदा नष्ट भएको बताएका हुन् ।

‘मेलम्चीको पानी आउँछ भनेर काठमाडाँैवासीलाइ झुक्याएको २५ वर्ष भयो,’ उनले भने, ‘केही दशक अगाडिसम्म राम्रोसँग पानी आउने ढुंगेधाराहरुको अहिले नामोनिशान छैन ।’

‘काठमाडाँै उपत्यकालाइ विकास गर्छु भनेर आउनेहरुले काठमाडाँैलाइ कहिले सिङ्गापुर त कहिले स्विजरल्यान्ड बनाउने सपना देखाए तर काठमाडाँैलाइ काठमाडाँै नै बनाउछु भनेर कोही आएनन्,’ उनले भने, ‘काठमाडौंमा विकासको नामले धेरै विनाश भएको छ, अब स्थानीय जनता नै जागरुक भएर सम्पदा जोगाउनु पर्छ ।’





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १९:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया