१० विकेटले अष्ट्रेलियासँग हारेपछि धवनले भने– खराब दिन थियो

एजेन्सी– भारतीय क्रिकेटर शिखर धवनले मंगलबार मध्यक्रमका बयाट्सम्यान नटिक्दा भारतले अष्ट्रेलियासँग १० विकेट हार व्यहोर्नु परेको बताएका छन् । अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाको निकालेको नतिजाले उसको आत्मविश्वास बढ्ने र भारतले यस्तो दिन फेरि हेर्न नचाहने उनले बताएका छन् । 

‘१० ओभरसम्म हामीले राम्रो खेलेका थियौँ,’ उनले भनेका छन्, ‘त्यसपछि हामीले लगातार चार विकेट गुमाउन पर्यो । यसले गर्दा हामी पछाडि पर्यौँ ।’

‘यो हाम्रो लागि खराब दिन थियो,’ उनले भनेका छन्, ’हामी कसैले पनि यसमा राम्रो गर्न सकेनौँ । विराटबाट अर्को एउटा शतकको अपेक्षा थियो, तर त्यो पूरा हुन सकेन ।’

मंगलबार भएको खेलमा अष्ट्रेलियाका कप्तान फिन्चले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएका थिए । शिखरको ७४ रन र लोकेश राहुलले टिमलाई ४७ रनको योगदान दिए । भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५५ रन बनायो । लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका अष्ट्रेलियाका डेभिड वार्नर र आरोन फिन्चले क्रमशः १२८ र ११० रन बनाए । उनीहरु आउट नै भएनन् । ३७.४ ओभरमा भारतको लक्ष्य अष्ट्रेलियाले सहजै फेला पार्यो ।





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार १०:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया