किन खास छ सलमानकी हिरोइन पूजाले फिल्म गर्न गरेको सम्झौता ?

एजेन्सी– बलिउड अभिनेता सलमान खानको फिल्म वीरगतिकी हिरोइन पूजा डडवालले नयाँ फिल्ममा काम गर्ने भएकी छिन् । केही महिनायता उनी आफ्नो घरमा बसिरहेकी थिइन् । खासमा उनलाई एउटा यस्तो गम्भीर समस्यामा परेकी थिइन् कि उनले केही दिनमा नै २५ किलो तौल गुमाएकी थिइन् । 

अनि सलमान खानसँग अभिनय गरेर फिल्मी दुनियाँमा पाइला चालेकी उनी एउटा सानो कोठामा समेटिएकी थिइन् । 

उनको विषयमा थाहा पाएपछि निर्देशक राजेन्द्र शर्माले उनलाई सहयोग गरेका थिए । त्यसपछि बल्ल उनी गम्भीर समस्याबाट बाहिर आइन्, मानिसहरुसँग सम्पर्क गर्न थालिन् । 

‘मैले एक फिल्म सम्झौता गरिसकेकी छु,’ अब उनले भनेकी छिन्, ‘म अब छिट्टै फिल्ममा देखिने छु ।’ उनले भनेकी छिन्, उनी फेरि फिल्ममा फर्किँदा पहिलेको जस्तो माया पाउनेमा विश्वस्त छिन् । 

पूजाले वीरगति, हिन्दुस्तान, सिन्दूर कि सौगंध, घरानाजस्ता फिल्म र सिरियलहरुमा काम गरेकी थिइन् । 





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार १०:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया