सन्दीप लामिछानेले काठमाडौं किंग्स ११ बाट इपिएल खेल्ने

काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले यो सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । उनी  इपिएलले ल्याएको ट्रेड प्रावधान अनुसार ललितपुर प्याट्रियट्सबाट काठमाडौं  आएका हुन् । 

ट्रेड प्रावधानमा दुई टिमबिचको समझदारीमा खेलाडी किनबेच गर्न सकिने व्यवस्था रहेको छ । यसमा आर्थिक पाटो भने गोप्य राखिएको छ । यो प्रावधान अनुसार हरेक खेलाडीले दुई टिमबिच ट्रेड भएको खण्डमा उक्त रकमको ६० प्रतिशत रकम खेलाडीले पाउने छन् । 

इपिएलको क्याटगोरी ए को टे«डको लागि तोकीएको समय गत ९ जनवरीमा सकिएता पनि सन्दिप लामिछाने बिग बासमा व्यस्त रहेकाले सम्झौतामा केही ढिलाइ भएको इपिएल स्रोतले जानकारी दिएको छ । 

सन्दिप गत सिजनको विजेता ललितपुर प्याट्रियट्सबाट २ खेलमात्र खेलेर बिग बास लिग खेल्न अष्ट्रेलिया गएका थिए । 





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार १५:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया