काठमाडाैंमा मनाइयाे याेग दिवस

काठमाडाैं– समयसँगै परिवर्तन भएको मानिसको जीवनशैलीले विभिन्न समस्या निम्त्याएको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तनाव व्यवस्थापनमा योगले ठूलो भूमिका खेल्ने बताए ।

योग दिवस मूल मुलसमारोहका अध्यक्ष तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रदेश र स्थानीय तहलाई योग दिवस मनाउन आग्रह गरेका छन् । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने मूल नाराका मनाउन थालिएको पाँचौं योग दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्थापित गर्न मन्त्री पोखरेलले प्रदेश र स्थानीय तहलाई समेत आग्रह गरेका हुन् ।

राष्ट्रिय योग दिवसलाई सप्ताव्यापी कार्यक्रमको आयोजना गरी मनाउन लागिएको छ । अगामी शैक्षिक वर्षदेखि शिक्षा मन्त्रालयले पाठ्यक्रममा योग शिक्षा समोवेश गर्दैछ ।

यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले निरोगी, दीर्घजीवन, सदाचार अनुशासन र चरित्र निर्माणमा योग अभ्यासले मद्दत पु-याउने धारणा व्यक्त गरे ।

स्वास्थ्य संगठनले सन् २०३० सम्ममा धेरै मानिस तनावपूर्ण समस्याबाट गुज्रने अनुमान गरेको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दिर्घ रोगबाट बच्न सहयोग हुने विज्ञहरु बताउँछन् । अमेरिकाले योग प्रर्वद्धनका लागि वार्षिक ६० विलियन डलर खर्च गर्दै आएको प्रसंग निकाल्दै स्वामी आनन्द अरुणले योग प्रवद्र्धनका लागि नेपालमा राष्ट्रिय योग इन्सिच्युट खोल्न आग्रह गरे । 

सोही अवसरमा मन्त्रालयद्वारा गठित राष्ट्रिय योग अभ्यासक्रमका संयोजक सोनाम साथीले मन्त्री पोखरेललाई योगाभ्यास पुस्तिका हस्तान्तरण गरेका थिए । नेपालले २०७२ सालबाट माघ १ लाई राष्ट्रिय योग दिवसर २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा वर्ष दुई वटा योग दिवस मनाउँदै आएको छ । नेपाल राष्ट्रिय योग दिवस मनाउने विश्वको एकमात्र राष्ट्र हो ।



पद्मोदय माध्यामिक विद्यालयबाट सुरु भएको प्रभातफेरी रत्नपार्क, बागबजार हुँदै राष्ट्रिय सभागृहमा आएको थियो ।



  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार १६:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया