राष्ट्रपति पुटिनको संविधान संशोधनको प्रस्ताव, प्रधानमन्त्रीसहित रुसी सरकारकाे राजीनामा

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको संविधानमा व्यापक सुधार गर्ने प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवसहित उनको पूरै क्याबिनेटले राजीनामा दिएको छ ।

राष्ट्रपति पुटिनको संविधानमा संशोधन गर्ने प्रस्तावले त्यहाँको सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन ल्याउने बुझिएको छ । त्यसैले त्यहाँको सरकारले राजीनामा दिएको हो । 

पुटिनको यो प्रस्तावपछि पुटिनलाई नै लामो समयसम्म सत्तामा रहन सक्ने व्यवस्था हुनेछ । 

पुटिनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका दिमित्रीलाई राष्ट्रिय सुरक्षा परिषद्का उपसभापतिमा नियुक्त गरेका छन् । 

रुसी संसदलाई वार्षिक रुपमा सम्बोधन गर्ने क्रममा पुटिनले चाहिँ भविष्यमा राष्ट्रपतिको कार्यकार दुई पटकसम्मका लागि मात्र सिमित गर्नु पर्ने बताएका थिए ।

राष्ट्रपतिका रुपमा पुटिनको चौथों कार्यकाल सन् २०२४ मा सकिँदै छ ।



पुटिनले स्टेट काउन्सिलको शक्तिलाई बढाउने पनि सिफारिस गरेका छन् । यसको अध्यक्षता उनले स्वयं गर्नेछन् ।

उनले संसदले नै मन्त्रीलाई नियुक्त गर्ने तर राष्ट्रपतिसँग मन्त्रीहरुलाई बर्खास्त गर्न मिल्ने अधिकार पनि हुने प्रस्ताव अगाडि सारेका छन् । 



  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार २०:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया