अनलाइन गेम खेल्दा साथी भएकाले बचाए ८ हजार किलोमिटरका साथीलाई

बेलायतका एक १७ वर्षे उमेरका युवाको ज्यान यसकारण मात्र बच्यो कि उनीसँग ८ हजार किलोमिटर टाढा एकजना साथी थिए । र, त्यो पनि अनलाइनमा खेल खेल्ने साथी । ती साथीले समयमा नै आपत्कालीन सेवालाई फोन गरिदिएकाले ती युवाको ज्यान बचेको हो । 

सोमबार बेलायतको विडनेसका ऐडान ज्याक्सन आफ्नो कोठामा खेलिरहेका थिए । उनका आमाबाबु आफ्नै कोठामा टिभी हेरिरहेका थिए । ऐडानसँग अमेरिकाको टेक्ससकी २० वर्षीया दिया लाथोरा पनि खेल खेलिरहेका थिए । तर, अचानक ऐडान बोल्न छाडे ।

त्यसपछि उनले बेलायतको त्यो क्षेत्रको नम्बर खोजेर फोन गरिन् । उनले अमेरिकाबाट आफू बोलेको र साथीलाई सहयोग गर्न खोजेको बताइन् । त्यसपछि प्रहरी ऐडानको घरमा पुग्यो । तर, ऐडानका बाबुआमाले यो कुरा स्वीकार गरेनन् ।

ऐडानको कोठामा पुग्दा उनलाई हृदयघात भएको पुष्टि भयो । त्यसपछि उनलाई अस्पतालमा लगियो । अहिले ऐडान अस्पतालमा नै छन् । अमेरिकाकी ती साथी नभएको भए सायद उनी बाँच्ने थिएनन् !





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार ०:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया