बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

काठमाडौं– हालका नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई केही वर्षअघि घरमै बोलाएर मार्सी चामलको खाना खुवाएर चर्चामा आएका बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । 

प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानिको मुद्दा हालेका थिए । मेडिकल कलेज सम्बन्धनका लागि निवेदन लिएर जाँदा आयोगका उपाध्यक्ष डा. गिरीले आफूसँग २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका थिए । 

प्रसाईंको आरोप झुटो भएको भन्दै डा. गिरीले उनीमाथि मानहानिको मुद्दा हालेका हुन् । उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।

निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । अहिले प्रसाईं भने फरार रहेको प्रहरीले बताएको छ । 

अनुमति पाएसँगै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर, उनी घरमा नभेटिएको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले झापास्थित उनको घरमा पनि खोजी गर्दा प्रसाईं त्यहाँ नभेटिएको प्रहरीको भनाइ छ । 

गत मंगलबार प्रसाईंले पत्रकार सम्मेलन गरेर डा. गिरीले आफूसँग २० करोड घुस मागेकाले उनीविरुद्द अख्तियारमा उजुरी दिएको बताएका थिए । बुधबार साँझबाट भने उनको मोबाइल स्विच अफ रहेको स्रोतको भनाइ छ । 






  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार १४:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया