गायिका राउतमाथिको प्रहरी दुर्व्यहारको छानबिन हुने

काठमाडौं– गायिका आस्था राउतमाथिको प्रहरी दुर्व्यहारको छानबिन हुने भएको छ । राउतले त्रिभुवन विमानस्थलका महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै बिहीबार एक भिडिओ सार्वजनिक गरेकी थिइन् । 

राउतको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो सम्बन्धमा छानबिन गर्न नेपाल प्रहरीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई निर्देशन दिएको जनाएको छ ।  

गायिका राउत बुधबार सिक्किम जानका लागि त्रिभुवन विमानस्थलमा पुग्दा त्यहाँ खटिएकी एक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको राउतले भिडियोमा खुलाएकी छिन् । भाइरल भएपछि आक्रोशपूर्ण सो भिडियो बिहीबार राउतले फेसबुक पेजबाट हटाएकी छिन् । 





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार १५:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया