काठमाडौं– आफूलाई विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले आक्रोश व्यक्त गरेर भिडियो पोस्ट गरेपछि प्रहरीले भिडियोउपर छानविन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन गर्न निर्देशन दिएपछि सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले क्षेत्रीले भिडियोमाथि छानबिनका निम्ति महानगरीय प्रहरी कार्यालयलाई पठाइसकेको बताए । फरकधारसँगको कुराकानीमा उनले भने, ‘अब महानगरिय प्रहरी कार्यलयले बनाएको छानबिन प्रतिवेदनका आधारमा कसुरको मात्रा निर्धारण गरेर के गर्ने भनेर निर्क्योल गर्छौं ।’
प्रवक्ता थापाले छानविन निष्पक्ष रुपमा हुने बताएका छन् । उनले भने, ‘यो छानविन आस्था राउतका विरुद्ध मात्रै होइन । प्रहरीले पनि त्यहाँ दुर्व्यवहार गरेको छ भने उसको विरुद्ध पनि हो ।’
यता आस्था राउतले भने आफूले प्रहरी प्रशासन विरुद्ध बोलेका नाजायज शब्दहरुप्रति आफ्नो फेसबुकमा लेखेर माफी मागि सकेकी छन् । प्रहरी प्रशासनप्रति आक्रोश पोखेको उक्त भिडियो आस्थाले आफ्नो फेसबुकमा राखेकी थिइन् । भिडियोमा उनले प्रहरी प्रशासनप्रति केही आपाच्य शब्द बोलेकी थिइन् ।
सामाजिक सन्जालमा भाइरल भएको उक्त भिडियो उनले बिहीबार हटाएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।