अबुधावी बस दुर्घटनामा तीन नेपालीको मृत्यु

काठमाडौं– आबुधावीमा बिहिबार भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । 

बिहिबार विहान एमबिएम कम्पनीमा काम गर्न गएका नेपाली चढेको बस अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । 

मृतक नेपालीको पनि पहिचान भइसकेको अबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेका छन् । 

घाइते हुने नेपालीमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् ।





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १०:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया