नेपाल र भारतका प्रधानमन्त्रीबीच ७ माघमा भिडियो कन्फ्रेन्स, भारतीय सहयोगमा बनेका आवासगृह हस्तान्तरण हुने

काठमाडौं– भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवासगृह ७ माघमा हस्तान्तरण हुने भएको छ । नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो कार्यक्रममा भिडियो कन्फ्रेन्समार्फ सहभागी हुनेछन् । 

प्रधानमन्त्री ओली सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट भिडियो कन्फ्रेन्समा जोडिने भएका हुन् । भारतीय सहयोगमा नुवाकोट र गोरखामा गरी कुल ५० हजार निजी आवास निर्माण भएको छ ।

सोही अवसरमा विराटनगरमा निर्माणसम्पन्न भएका एकीकृत जाँच भन्सार विन्दु (आइसपिी)को उद्घाटन गर्नेछन् । प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालका अनुसार आइसिपीको औपचारिक उद्घाटनपछि भारतीय सहयोगमा निर्माण गरिएका घरको हस्तान्तरण हुनेछन् ।





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १८:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया