विश्वका होचा व्यक्ति खगेन्द्र थापामगरको मृत्यु

काठमाडौं– विश्वको सबैभन्दा होचा व्यक्तिको रेकर्ड बनाएका खगेन्द्र थापामगरको निधन भएको छ । उनी बिरामी भएपछि बिहिबार पोखरास्थित मणिपाल अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको शुक्रबार साँझ निधन भएको हो । 

खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगरका अनुसार चिकित्सकले शुक्रबार दिउँसो ३ बजे उनलाई मृत घोषणा गरेका हुन् । निमोनियाका कारण खगेन्द्रको मृत्यु भएको जनाइएको छ ।

बाग्लुङमा जन्मिएका खगेन्द्को उचाइ ५७ सेन्टिमिटर मात्र थियो । उनी २०४९ सालमा जन्मिएका थिए । 





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १८:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया