ट्राफिकबाट बच्न ३० मिनेट नदीमा पौडिएर अफिस पुग्छन् यी व्यक्ति

चीनमा एक व्यक्ति हरेक दिन पौडिएर नदी पार गरेर अफिस पुग्छन् । वुहानमा बस्ने ५३ वर्षीय झु बिवु ट्राफिक समस्याबाट बच्न ११ वर्षदेखि नदी तरेर अफिस जाने गरेका छन् । 

अफिस पुग्न बिवु सधैं २.२ किलोमिटर नदीमा पौडिन्छन् । नदी तर्न उनलाई ३० मिनेट लाग्छ । तर ट्रेनबाट जाँदा उनलाई अफिस पुग्न एक घण्टा बढी समय लाग्छ । 

हेनयांग जिल्लाका बासिन्दा झु एक फुड मार्केटका म्यानेजर हुन् । झुले बताएअनुसार समय बचाउन मात्र होइन स्वस्थ रहन पनि उनी नदी तरेर अफिस जान्छन् । 

झु बिहान करिब ७ बजे नदी किनारमा पुग्छन्, कपडा, जुत्ता र अन्य सामान निकाले वाटर पुफ्र ब्यागमा राख्छन् र नदीमा छलाङ मार्छन् । नदी तरेपछि कपडा, जुत्ता लगाउँछन र अफिस जान्छन् । 



उनले २००४ देखि नदी तरेर अफिस जान सुरु गरेका हुन् । 



  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार २१:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया