हवाई यात्रामा निस्केकी ‘आमा’ले किन दिइन् २०० सहयात्रीलाई एयरप्लग उपहार ?

शिशुलाई लिएर लामो यात्रा गर्नु बाबुआमाका लागि निकै चुनौतीपूर्ण काम हो । यात्रामा आवश्यक पर्न सक्ने धेरै कुराको प्रबन्ध गरेर मात्र निस्कनुपर्ने हुन्छ ।

त्यसमाथि, सार्वजनिक यातायातमा त शिशु बेलाबेला रोइरहँदा सँगै यात्रा गर्ने अन्य यात्रुसमेत दिक्क हुन्छन् । यसरी आफ्नो शिशुका कारण अन्यलाई असर नपरोस्
भनेर दक्षिण अफ्रिकाकी एक महिलाले अनौठो उपाय अपनाएकी छिन् । 

सोलदेखि आफ्नो चार महिनाको बच्चासहित सन फ्रान्सिस्कोको यात्रामा निस्केकी ती महिलाले यात्रा सुरु हुनुअघि नै प्लेनमा भएका २०० जति यात्रुलाई एयरप्लग उपहार दिइन् । 

१० घन्टाको यात्रामा आफ्नो बच्चाले रोएर दुःख दिन्छ भन्ने उनलाई पहिल्यै लागेको थियो । उनी आफ्ना कारणले कसैलाई डिस्टर्ब नहोस् भन्ने चाहन्थिन् । त्यसैले उनले सबै यात्रुलाई एक–एकवटा एयरप्लग उपहार दिइन्, ता कि उनको बच्चा ठूलो स्वरले रोयो भने अरु यात्रु एयरप्लगले कान थुन्न सकून् । 

यति मात्र होइन, उनले सबै यात्रुलाई एक–एकवटा ‘केयर प्याकेज’ दिइन् । यसमा चकलेट, क्यान्डी र एउटा ‘नोट’ थियो, जसमा उनको यात्रा विवरण र बच्चा रोएको खण्डका लागि सबै यात्रुसँग क्षमा मागिएको थियो । यात्रुहरु ती महिलाको यस व्यवहारबाट निकै प्रभावित भए ।

एक यात्रीले यो कुरा ती महिलाको तस्बिरसहित सामाजिक सञ्जालमा सेयर गरे, जुन निकै चर्चा र प्रशंसाको विषय बन्यो । 






  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार २१:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया