अस्थालाई राजेश पयाल राइले भनेः रुन्ची नबन, तिमी ठूली भइसक्यौ

काठमाडौं– गायिका आस्था राउत स्टेजमा प्रस्तुति दिँदा होस् या नयाँ गीत सार्वजनिक गर्दा नै किन नहोस्, चर्चामा आइहाल्छिन् । पछिल्लो समय उनी ‘भ्वाइस आफ नेपाल’ जस्तो चर्चित ‘सिङ्गीङ’ रियालिटी शोको दोस्रो संस्करणमा कोचका रुपमा नियुक्त भएपछि उनको चर्चाको शिखर चुलियो । 

अब त उनको चर्चा सामाजिक सन्जालमा व्यापक भएको छ । 

तर, यो चर्चा उनको गीतसंगीतसँग रिलेटेड छैन । 

विमानस्थलमा भएको एक घटनापछि उनले बारम्बार फेसबुकमा आफ्नो बचाउमा केही लेखिरहेकी छिन्, भिडियो बनाइरहेकी छिन् । 

आस्था बुधबार एउटा कार्यक्रमका लागि सिक्किम जाँदै थिइन् । त्यसका लागि उनी त्रिभुवन विमानस्थालमा पुगिन् । त्यहाँ चेकजाँचका क्रममा एक महिला प्रहरीले आफूलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरी प्रशासनलाई तथानाम गाली गर्दै आस्थाले एउटा भिडियो बनाइन् । भिडियो केही समयमै पुरै भाइरल भयो । भिडियो यति भाइरल भयो कि महानगरीय प्रहरी तुरुन्त छानविनमा अघि सर्यो । 

 



याे पढ्न नछुटाउनुहाेस्:

आस्था राउतले देखाइरहेको आफ्नो ‘औकात’



 

विमानस्थलको भिडियो भाइरल भएपछि आस्थाले आफ्नो फ्यान पेजमा आएर ‘दुधको दुध पानीको पानी’ गर्छु भन्दै त्यहाँ भएको सबैकुराको बेलिविस्तार लगाइन् । लाइभमा बोल्ने क्रममा उनी धेरै पल्ट भक्कानिएर रोइन् र आफुले भिडियोमा बोलेका केही कुराहरु अशिष्ट भएको स्वीकार्दै माफी मागिन् । 

अब गायक राजेश पायल राई पनि यही घटनामा जोडिएर आएका छन् । राजेशले त आस्थालाई कटाक्ष गरेका छन् । 

‘एयरपोर्टमा साहरुख खानलाई त झन कट्टु नै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्योन ? चेकिङ मा कफी, पानी लान पाइँदैन इभन वाल्लेट ९मनी ब्याग ० पनि पाइँदैन,’ राजेश पयाल राइले शनिबार आफ्नो फेसबुक पेजमा लेखेका छन् । 

त्यसपछि उनले आस्था राम्री गायिका भएको र रियालिटी सोको कोचसमेत भएकोले आफ्नो इज्जत ठाउँमा राख्नु पर्ने बताएका छन् ।

अनि उनले भनेका छन्– धेरै रुन्ची नबन, अब तिमी ठूली भइसक्यौ !

  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार १३:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया