एजेन्सी– भारतमा जम्मुकश्मिरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० निष्प्रभावी बनाइएको अब पाँच महिनाभन्दा बढी भएको छ ।
त्यसैले अहिले भारतीय सरकारले दाबी गरिरहेको छ, जम्मु कश्मिरमा अहिले सब कुरा ठिक भइसकेको छ । अहिले त्यहाँको अवस्था सामान्य भएको सरकारले दाबी गरिरहेको छ । तर, विपक्षीले आफूहरुलाई त्यहाँ जानबाट रोकिएकाले त्यहाँको अवस्था ठिक नभएको बताइरहेका छन् ।
विपक्षीले त्यहाँका नेताहरुलाई अझै पनि नजरबन्दमा राखिएको छ र त्यहाँ इन्टरनेट अहिले पनि सूचारु नगरिएको बताउँदै आएका छन् ।
सत्ता र विपक्षीको यो रस्साकसीबीच केन्द्र सरकारका ३६ मन्त्री ७ दिने भ्रमणका लागि जम्मु र कश्मिर जाँदैछन् ।
भारतको अल इन्डिया रेडियोमा आएको समाचारअनुसार उनीहरु विभिन्न ठाउँमा गएर अनुच्छेद ३७० को प्रावधान हटाउँदा जम्मूकश्मिरमा हुने फाइदाबारे बताउनेछन् ।
सरकारले यसलाई राजनीतिसँग कुनै नाता नभएको बताउँदै आएको छ । तर, विपक्षीहरुले यसलाई भारती जनता पार्टीको सरकारको तथा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रपोगान्डा भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।