पति निकबारे यस्तो खुलासा गरिन् प्रियंकाले

एजेन्सी— १७ वर्षदेखि बलिउडमा काम गरिरहेकी प्रियंकाले राम्रो चर्चा पाएकी छिन् फिल्महरुमा आफूले गरेका कामका कारण । सात खुन माफ होस् या मेरी कोम, उनले गरेका फिल्मले बलिउडमा नयाँ परिभाषा पाएका थिए । तर, प्रियंकाले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याइन्, निक जोनससँग विवाह गरेर । 

अहिले त उनी कहिले हलिउडमा कहिले बलिउडमा काम गरिरहेकी छिन् । ३७ वर्ष पुगिसकेकी प्रियंकाले फिल्ममा काम सुरु गर्दा निर्देशकहरुले कसलाई हिरोइन बनाउने भन्ने कुरा हिरोले निर्धारण गर्ने गरेको बताउन थालेकी छिन् ।

तर, उनका पति निक जोनसले उनको फिल्म हेरेका होलान् कि नहोलान् ? यसबारे चाहिँ उनले खासै भनेकी थिइनन् । तर, केही दिनअघिको एउटा इभेन्टमा प्रियंकाले पति निक जोनसलाई आफ्नो फिल्म मेरी कोम अत्यन्त मन पराएको बताएकी छिन् ।  





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार १७:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया