लसुन किन खाने ?

लसुनले खानालाई स्वादिष्ट बनाउने मात्र होइन सुन्दरता कायम राख्न पनि मद्दत गर्छ । भान्सामा प्रयोग हुने यो मसला कुनै औषधि भन्दा कम छैन । लसुन धेरै गुणकारी हुँदा पनि केही मानिसहरु यसको प्रयोग गर्दैनन् । किनकी लसुनबाट तिखो गन्ध आउँछ ।

आयुर्वेदमा लसुनको हजारौ उपयोग बताइएको छ । एंटीअक्सीडेन्ट्स र पोषक तत्वले भरिएको लसुनले मधुमेह, मुटुरोग, पेटको संक्रमण र मौसम परिवर्तन हुँदा लाग्ने रोगसँग बचाउँछ । लसुनमा क्याल्सियम, फस्फोरस, आइरन, भिटामिन सी जस्ता तत्वहरु धेरै मात्रामा पाईन्छ । लसुनको प्रयोगले छाला र कपाल पनि राम्रो हुन्छ । रोगसँग लड्न लसुनले एंटीबायोटिकले जस्तै काम गर्न सक्छ । 

लसुनले शरिरमा रहेका स्वास्थ्यलाई हानी गर्ने ब्याक्टीरिया तथा परजीवीसँग लड्न सहयोग पु¥याउँछ । लसुनमा ट्युमर प्रतिरोधि तत्व रहेको हुन्छ । जसले क्यान्सरसँग लड्न भूमिका खेल्छ । लसुनको प्रयोगले निसन्तानको समस्या पनि समाधान गर्न सक्छ । स्तन क्यान्सरसँग लड्न लसुन सधै प्रयोग गर्न सकिन्छ । 

लसुनबाट सबै गुण प्राप्त गर्न प्रशोधित नभएर ताजा लसुन खानुपर्छ । ताजा लसुनमा मात्र रोग प्रतिरोधक क्षमता हुन्छ । लसुनबाट आउने तिखो गन्धबाट छुटकारा पाउनको लागी कफि, दही, दूध खान सकिन्छ । पेपरमिंट र चुइंगमको पनि प्रयोग गर्न सकिन्छ ।  





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार १७:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया