सल्यानको शारदा नदीमा एक महिलाको शव फेला परेको छ । शारदा नगरपालिका–१५ सिमतरा निवासी अन्दाजी ५८ वर्षीय लक्ष्मी रोकायको शव फेला परेको प्रहरीले जनाएको छ ।
तिन दिनदेखि हराएकी रोकाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार दिउँसो शारदा नदीमा मृतकको शव पानीमा डुबेकाे अवस्थामा स्थानीयले देखपछि प्रहरीलाइ खबर गरेका थिए ।
मृतक रोकाय २ माघदेखि सम्पर्कविहीन भएकी आफन्तले बताए । अहिले शव पोष्टमोर्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएकाे छ भने घटनाबारे अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।