हेटाैंडामा तेस्राे लिङ्गी मृत फेला

हेटौंडा उपमहानगरपालिका वडा नं -११ नवलपुर निवासी अन्दाजी ३० वर्षीय तेश्राेलिङ्गी अजिता भुजेल मृत अवस्थामा फेला परेका छन् ।  शनिबार विहान ६ बजेतिर कान्ति लोकपथको क्याम्पाडाँडा सडक किनारामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक ललन कुर्मिले जानकारी दिए । 

प्रारम्भीक अनुसन्धान अनुसार उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनको घाँटीमा डोरीले कसेजस्तो निलो डाम देखिएको कुर्मिले बताए । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार २१:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया