दिल्ली विधानसभा निर्वाचनमा केजरीवालविरुद्ध को उठ्दै छन् ?

एजेन्सी– भारतमा नयाँ दिल्लीमा विधानसभा निर्वाचन नजिकिएको छ । योसँगै त्यहाँ निर्वाचनको राप बढ्न थालेको छ । भारतीय जनता पार्टी र भारतीय कांग्रेसले दिल्ली विधानसभा निर्वाचनका लागि ५४ जना उम्मेदवारको सूची जारी गरिसकेका छन् ।

तर, दुवै पार्टीले नयाँ दिल्लीमा मुख्यमन्त्री तथा आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालविरुद्ध को उम्मेदवार हुने भन्ने खुलाएका छैनन् । 

अर्कोतिर, कांग्रेस र भाजपा दुवैले आम आद्मी पार्टीका वरिष्ठ नेता उपमुख्यमन्त्री मनीष सिसोदियाविरुद्ध चाहिँ आफ्ना उम्मेदवार को उठाउने भन्ने तय गरिसकेका छन् । कांग्रेसले सिसोदियाविरुद्ध लक्ष्मण रावतलाई उठाउँदै छ भने भाजपाले रवि नेगीलाई चुनावी मैदानमा उतारेको छ ।

अर्कोतिर, यसपटक आम आदमी पार्टीले दिल्ली विधानसभामा निर्वाचन जित्छ वा जित्दैन भन्ने विषयमा भारतमा व्यापक बहस हुन थालेको छ । कतिपयले दिल्लीमा यसपटक भारतीय जनता पार्टीले नै सरकार बनाउन सक्ने अनुमान पनि गरेका छन् । 

दिल्ली विधानसभाका लागि ८ फ्रेबुअरीमा निर्वाचन हुँदैछ । यसको नतिजा ११ फ्रेबुअरीमा आउँदैछ ।





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १०:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया