कालाे कफी: कति फाइदाजनक ?

संसारमा यस्ता धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ । तर, यस्ता मानिसहरूलाई आफ्नो दैनिक उत्पादन क्षमतामा कफीले असर पुर्र्याएजस्तो लाग्छ । वास्तवमा धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेको छ ।

ठूला सहरमा मात्र होइन, साना सहरमा पनि कफी सप खुल्न थालेका छन् । जहाँ साथीभाइ, पत्रकार, साहित्यकार, कलाकारको समूह भेला हुन्छन् र गफ गर्छन् ।

कफीको सामाजिक फाइदा त सबैलाई थाहा छ, तर यो स्वास्थ्यका लागि कति लाभदायी छ ? यो कुरामा कम मानिस मात्र कुरा गर्छन् ।

कफी असरदार छ ! मिथ वा सत्य ?

दिनमा तीन वा चार कप कफी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनुसन्धानअनुसार चिनी नराखेको कालो कफी ज्यादा स्वस्थकर मानिन्छ । कफीसँग हलुका स्न्याक्स लिनु नै राम्रो मानिएको छ । 

लन्डन विश्वविद्यालयको साइन्स टेक्नोलोजी विभागले कफीको असरमा एक रिपोर्ट तयार पारेको छ । पछिल्लो रिपोर्टअनुसार कफीको हरेक कपले मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्छ ।



त्यस्तै, कफीमा पाइने क्याफिनले स्वास्थ्यलाई पार्किन्सन्स रोगबाट बचाउन सहयोगी भूमिका खेल्छ । अनुसन्धानकर्ताले यो तथ्यलाई शतप्रतिशत भने मानेका छैनन् ।

रिपोर्टअनुसार कफी पिउने व्यक्तिलाई मिर्गाैलाको क्यान्सर हुने सम्भावना कम हुन्छ । तर, अन्य क्यान्सरबाट बचाउन कफीको कस्तो भूमिका हुन्छ त्यो भने अनुसन्धानबाट खुलेको छैन । 



सबै परिस्थितिमा कफी फाइदाजनक छैन

कतिपय पछिल्ला रिपोर्टलाई आधार मान्ने हो भने नियमित रूपमा कफी सेवन नगर्ने व्यक्तिले कफी पिएको एक घण्टा हार्ट अट्याक हुने सम्भावन ज्यादा रहन्छ । रिपोर्टमा नियमित कफी पिउने मानिस कफी नपिउने मानिसको तुलनामा लामो आयु बाँच्ने तथ्य पनि खुलाइएको छ । यो तथ्यअनुसार कफी काम गर्ने तयारी मात्र होइन, स्वाथ्यका लागि पनि फाइदाजनक छ ।
 

  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १७:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया