प्रदेश १काे मन्त्रिपरिषद् विस्तार, ४ राज्यमन्त्री थपिए

विराटनगर– प्रदेश १का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेश १मा चारजना राज्यमन्त्री थप गरेका हुन् । 

जसअनुसार ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, इलामका रामबहादुर रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री र मोरङका विजयकुमारलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

मुख्यमन्त्री राईले नवनियुक्त मन्त्रीहरुलाई आइतबार नै पद तथा गोपनीयताको सपथ गराएका छन् । 





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १७:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया