नेपाल वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा

काठमाडौं– नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका छन् । उनले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

खरेल ०७५ भदौमा नेपाल वायुसेवा निगमको अध्यक्षमा नियुक्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा उनी निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । 

उनलाई नियुक्ति गर्दा सरकारले दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यावसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो । निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि आधारभूत काम गर्नपर्ने जिम्मेवारीसमेत उनलाई थियो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेललाई सरकारले दिएको लक्ष्यअनुसार काम गर्न नसके राजीनामा गर्न भनेका थिए । सो जिम्मेवारी पूरा गर्न नसक्दा उनी पदबाट बाहिरिएका छन् । 





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १८:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया