Wed, 26 Feb, 2020


रवि लामिछानेसहित तीनै जना निर्दोष ठहर, रविले भने– न्याय माग्नेको विश्वास मरे पनि मर्न दिन्नँ
फरकधार / माघ ५, २०७६

काठमाडौं– आत्महत्या दुरुत्साहन आरोप लागेका टिभी पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीले सफाइ पाएका छन् ।



यसअघि जिल्ला अदालत चितवनले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको थियो । उनीहरुले जिल्ला अदालतको फैसलाविरुद्ध हेटौंडामा पुनरावेदन अदालतमा याचिका दायर गरेका थिए ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्दा भिडियोमा यी तीन जनाको नाम लिएका थिए । त्यही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । 

यसअघि जिल्ला अदालतले कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो भने लामिछाने र कँडेललाई क्रमश ५ लाख र ३ लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो । 

न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, कार्की र कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो ।

अदालतको फैसला आएपछि रविले सामाजिक सन्जालमा लेखेका छन्– सम्मानित अदालत प्रति बिश्वास थियो, छ, रहिरहनेछ । आफूले जितेकोमा भन्दा जाल, झेल, प्रपन्च गरि निर्दोषलाई फसाउने षड्यन्त्रकारीहरुलाई न्यायीक संरक्षण नहुने कुरा स्थापित भएकोमा झनै खुशी छु । हाम्रालागि न्याय माग्नु हुने सबै, सबैलाई धन्यवाद सहित सम्झन चाहन्छु । तपाईंको बिश्वास त मरेपनि मर्न दिन्नँ ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्