नेपाली कुककाे खाना खान्छन् भारतीय धनाढ्य मुकेश अम्बानी
तस्वीर: इन्टरनेटबाट ।

एजेन्सी–  सन् १९५७ मा जन्मिएका मुकेशको जन्मदिनमा नै २०१६ अप्रिल १९ मा जियोको सुरुवात गरिएको थियो ।

धिरुभाइ अम्बानीका छोरा मुकेश भारतका सबैभन्दा धनी व्यक्ति भएकाले पनि उनको जीवनशैलीको बारम्बार चर्चा हुन्छ । बिहान ५ बजे नै विस्ताराबाट निस्किसक्ने मुकेशको दैनिकी आफ्नै घरको जिम हाउसबाट सुरु हुन्छ ।

उनले बारम्बार स्वास्थ्य नै आफ्नो सफलताको कडी भएको बताएका छन् । उठेर फ्रेस भएपछि विहान ६ बजेसम्म मुकेश जिम पुगिसक्छन् । उनको घरमा परिवारका सबै सदस्यलाई छुट्टै जिम हल छ । उनको हल चाहिँ दोस्रो तलामा छ । त्यहाँ नै उनका लागि स्विमिङ पुल पनि छ । त्यसमा उनी नियमित स्विमिङ गर्छन् ।

त्यसपछिको समय उनी पत्रपत्रिकालाई दिन्छन् । उनी भारतको मात्रै होइन, विश्वकै राजनीतिलाई नजिकबाट अध्ययन गर्छन्, त्यसमा उनलाई निकै चासो पनि छ । पत्रपत्रिका र जिमलाई डेढ घन्टा समय दिएपछि सुरु हुन्छ, अम्बानीको ब्रेकफास्ट ।

१९ औं तलामा ब्रेकफास्ट लिन पुग्छन्, मुकेश । ब्रेकफास्टमा जुस, दाल, रोटी, दहीजस्ता हलुका खाना खान मनपराउँछन् उनी । एक घन्टा ब्रेकफास्टमा बिताएपछि उनी अफिसका लागि तयार हुन्छन् । अम्बानीको फेभरेट ड्रेस सेतो सर्ट र डार्क प्यान्ट हो ।

उनी १४ औं तलामा अफिसका लागि रेडी हुन्छन् र २१ औं तलाको अफिसमा पुग्छन् । त्यो उनको पर्सनल अफिस हो । त्यहाँ उनले दिनभरका लागि चाहिने कागजपत्र राखेका हुन्छन् ।



१० बजे आमाको आर्शिवाद लिएर उनी श्रीमतीलाई भेट्न १६ औं तलामा पुग्छन् । त्यहाँबाट १३ औं तलामा छोराछोरीलाई भेटेपछि उनी अफिस जान तेस्रो तलाको पार्किङमा झर्छन् । उनको पार्किङमा दर्जनौं गाडी हुन्छन् । तर, उनको प्राथमिकता चाहिँ २ करोड पर्ने मर्सिडिज हो । उनी त्यो मर्सिडिज लिएर कहिले ड्राइभरसँग त कहिले एक्लै अफिस हिँड्छन् ।

बिहान ११ बजेदेखि राती १० बजेसम्म मुकेश अफिसलाई समय दिन्छन् । अफिस पुग्दा उनको दिनभरको कामको चेकलिस्ट तयार भइसकेको हुन्छ । त्यसपछि उनी त्यही काममा लाग्छन् । हरेक सोमबार उनी आफ्नो चेकलिस्टलाई एकपटक हेरेरै छाड्छन् । रमाइलो चाहिँ मुकेशलाई अफिसका कर्मचारी सबैको नाम राम्रोसँग याद छ ।



राती १० बजे अफिसबाट निस्किएपछि उनी १५ औं तलामा ड्रेस चेन्ज गर्छन् । त्यसपछिको दुई घन्टा उनको डिनर टाइम हो ।

१९ औं तलामा डिनर गरेपछि उनले परिवारलाई समय दिन्छन् । डिनरमा मुकेशलाई रोटी, तरकारी, दाल, भात तथा सलाद बनेका हुन्छन् । साताको एक दिन मुकेशलाई साउथ इन्डियन खाना खान मन पर्छ ।

गुजराती खाना पनि उनको प्राथमिकतामा पर्छ । मुकेशको भान्सामा खाना बनाउने व्यक्ति चाहिँ नेपाली हुन् । उनलाई नेपालीले पकाएको खाना मन पर्ने भएकाले उनले किचनमा नेपालीहरुलाई नै राखेका छन् ।

मुम्बई विश्वविद्यालयबाट इन्जिनियरिङमा बिएससी गरेका मुकेशले अहिले प्रति सेकेन्ड ४८०० नेपाली रुपैयाँ कमाउँछन् । आश्चर्य लाग्न सक्ने कुरा के भने मुकेशले भारतीय फिल्म हेर्न छुटाउँदैनन् । उनी बलिउड फिल्मका क्रेजी फ्यान हुन् ।

उनले बनाएको २७ तले घर विश्वकै महंगा आवासीय घरहरुमा पर्छ । सन् २०१० मा एक खर्ब ५ अर्बमा ७ वर्ष लगाएर बनाएको यो घरमा काम गर्ने मानिसहरु मात्रै ६ सय जना छन् ।

  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार २२:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया