मोदीले विद्यार्थीलाई परीक्षामा हुने तनाव कम गर्न टिप्स दिने

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज परीषामाथि चर्चा गर्ने कार्यक्रम राखेका छन् । उनले यो कार्यक्रमबाट विद्यार्थीलाई परीषामा हुने तनाव कम गर्न टिप्स दिने बताएका छन् । उनले विद्यार्थी, शिक्षक तथा अभिभावकसँग संवाद गर्ने कार्यक्रम छ । यसमा २ हजारभन्दा धेरै भारतीय विद्यार्थी सहभागी हुँदैछन् । यसमध्ये १०५० जना विद्यार्थीलाई निबन्ध प्रतियोगिता गरेर छानिएको हो । 

यसबारे मोदीले ट्विट पनि गरेका छन् । उनले लेखेका छन्, ‘एकपटक फेरि हामी परीक्षासँग जोडिएका विद्यार्थी र परीषा दिने समयमा कसरी खुसी रहने तथा तनावमुक्त रहने भन्ने विषयमा छलफल गर्ने भएका छौँ ।’





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १०:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया