फेसबुकमा भिडियो भाइरल भएपछि ४८ वर्षपछि बंगलादेशीले भेटे आफ्नो परिवार

एजेन्सी– एक बंगलादेशी व्यक्ति जो व्यावसायिक यात्राका लागि घरबाट निस्किएका थिए र घर फर्किएका थिएनन्, उनले ४८ वर्षपछि आफ्नो परिवारलाई भेटेका छन् । 

द डेली स्टारको शनिबारको एक रिपोर्टका अनुसार हबिबुर रहमान सिलहटस्थित एक ठाउँमा रड र सिमेन्टको व्यापार गर्छन् । ३० वर्षको उमेरमा उनले घर छोडेपछि परिवारले उनको निकै खोजी गर्यो । तर, भेट्ट्याउन सकेन ।

अमेरिकामा रहेका हबिबुरका ठूला छोराकी पत्नीले शुक्रबार एक व्यक्तिका लागि आर्थिक सहयोग माग्दै गरेको भिडियो देखेकी थिइन् । अनि उनले आफ्नो ससुराबारे सुनेकी थिइन् । अनि उनले आफ्नो देवरलाई त्यहाँ गएर त्यसबारे बुझ्न अनुरोध गरिन् । अस्पतालमा पुगेर हबिबुरका कान्छा छोराले बुझ्दा उनी आफ्नै बाबु भएको थाहा पाए । 

द डेली स्टार नामको पत्रिकामा छापिउको समाचारअनुसार अहिले यो परिवार खुसीले भरिएको छ । हबिबुरलाई प्राइभेट अस्पतालमा राम्रो उपचारका लागि भर्ना गरिएको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १३:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया