बिबिएल क्रिकेटमा सन्दीपले लिए एकै ओभरमा दुई विकेट

एजेन्सी– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग (बिबिएल) क्रिकेटअन्तर्गत मेलबर्नको १२औँ खेलमा एकै ओभरमा दुई विकेट लिएका छन् । 

खेलमा टस जितेर पहिले बलिङ गरिरहेको मेलबर्नका लागि सन्दीपले दुई ओभर बलिङ गरेर १४ रन दिएका हुन् । 

मेलबर्नका लागि पाँचौ ओभर बलिङ गर्न आएका उनले तीन रन दिएर दुई विकेट लिएका हुन् । पाँचौँ ओभरको चौथो बलमा सन्दीपले डिपी ह्युजेजलाई १४ रनमा आउट गराए ।

सोही ओभरको अन्तिम बलमा जोस फिलिपेलाई १० रनमा आउट गराएका हुन् ।

 





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १७:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया