एउटै बाथरुममा शेफाली र शहनाज

एजेन्सी– भारतीय चर्चित रियालिटी सो बिग बोस हेर्नुहुन्छ भने पक्कै पनि सिद्धार्थ शुक्ला र शहनाज गिलको सम्बन्धबारे जानकार हुनुहुन्छ । शहनाज अब त खुलेर नै उनले सिद्धार्थलाई माया गर्ने कुरा भन्न थालेकी छिन् । तर, अहिले यी दुईको एउटा भिडियो निकै चर्चित भएको छ । त्यसबारे अनेक प्रतिक्रिया पनि आएका छन् । 

खासमा सिद्धार्थ र शहनाज गार्डेन एरियामा बसिरहेका हुन्छन् । जहाँ शेफाली पनि हुन्छिन् । शहनाजले यति नै बेला शेफालीलाई भन्छिन् कि उनी सिद्धार्थलाई माया गर्छिन् । शेफालीले पनि त्यही भन्छिन् । 

अनि सिद्धार्थले शेफालीसँग जिस्किएर उनलाई आफूले माया गर्ने बताउँछन् । त्यसपछि यी दुवै उठेर बाथरुममा जान्छन् । खासमा उनीहरुलाई बाथरुम जान शहनाजले नै भनेकी हुन्छिन् । उनीहरु बाथरुम गएपछि शहनाज निकै आक्रोशित हुन्छिन् र उनले बाथरुमको ढोकामा ढकढक गरिरहेकी हुन्छिन् । 





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार २०:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया