दामनको रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु

काठमाडौं– मकवानपुरको दामनमा एक रिसोर्टमा बेहोस भएका आठ भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ । बेहोस भएपछि उनीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो ।

हेलिकोप्टरमा काठमाडौं ल्याइएका भारतीय पर्यटकको उपचारका क्रममा ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

सिमभन्ज्याङमा रहेको होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरुले राति ग्यास हिटर बालेर कोठामा बसेका थिए । 

तीमध्ये तीन जनाको त्यहाँ नै मृत्यु भएको हो भने पाँच जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

मृतक भारतीय पर्यटकको पहिचान खुलिसकेको छैन । प्रहरीले दुई जना महिला, दुई जना पुरुष र चार जना बालबालिकाको मृत्यु भएको जनाएको छ । 

सबैको नाम र ठेगाना पहिचान भइसकेको छैन ।



बन्द कोठामा हिटर जलाएर बसेकाले उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।



  • प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार १२:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया