काठमाडौं– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपषिद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा गणेशदत्त भट्ट र बेपत्ता छानबिन आयोगमा युवराज सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले दुवै आयोगमा रिक्त पदाधिकारीका लागि नाम सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो। गत चैतमा गठित उक्त समितिले दलीय भागबण्डाका आधारमा नाम सिफारिस गरेको थियो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा सिफरिस गरिएका भट्ट नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका हुन् भने बेपत्ता छानबिन आयोगमा सिफरिस गरिएका सुवेदी नेकपाका तर्फबाट सिफारिस भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।