दामनको रिसोर्टमा बेहोस भई मृत्यु भएका एकै परिवारका (नामसहित)
पानाराेमा रिसाेर्ट, दामन

मकवानपुर– मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भई उपचारका क्रममा मृत्यु भएका भारतीय पर्यटकको पहिचान खुलेको छ । थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानारोमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमध्ये चारजना बालबालिका छन् ।

यसरी मृत्यु हुनेमा भारत केरलाका करिब पाँच वर्षीय अभी कप, सात वर्षीया अर्चना कप, पाँच वर्षीय बैशनव कप, नौ वर्षीया बन्द्रा कप, ३८ वर्षीय रन्जित कप कप, ३४ वर्षीया इन्द्र कप, ३७ वर्षीय प्रवीण कप र ३२ वर्षीया सरिया कप रहेका छन् ।

मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका उनीहरुलाई तत्काल सिमभञ्ज्याङ्ङ चौकी र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उद्धार गरी काठमाडौं पठाएको थियो । कैलाश एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार १६:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया