काठमाडौं– नेपाली महिला टिमका दुई महत्वपूर्ण खेलाडी साबित्रा भण्डारी तथा अनिता बस्नेत भारतीय महिला लिगको चौथो संस्करण खेल्नका लागि मंगलबार भारत प्रस्थान गरेका छन् ।
भारतीय महिला लिगमा उनीहरुको यो लगातार दोस्रो सिजन हो । उनीहरुले गत सिजन सेथु एफसीबाट खेलेका थिए । यो क्लब गत सिजनको विजेता पनि हो ।
या सिजनमा भने उनीहरु अलग–अलग क्लबबाट खेल्ने भएका छन् । अनीता पुरानै क्लब सेथुबाट खेल्नेछिन् भने साबित्रा नयाँ क्लब गोकुलमबाट खेल्नेछिन् ।
आगामी शुक्रबारबाट सुरु हुने लिगमा १२ टोलीले सहभागिता जनाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।