अनामनगरमा सम्पर्क कार्यालय खोल्दै कांग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोल्दै छन् । १४औँ महाधिवेशनलाई लक्षित गरेर उनले सम्पर्क कार्यालय खोल्ने तयारी गरेका हुन् ।  

आगामी सोमबारबाट औपचारिक रुपमा सुरु हुने कार्यालयका लागि उनले भवन भाडामा लिइसकेका छन् । बहुमतको आधारमा सभापति शेरबहादुर देउवा पक्षले  महाधिवेशनको मिति तोकेपछि रुष्ट भएका पौडेलले महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय खोलेका हुन् । 

संस्थापनइतर समूहले सभापति देउवालाई आगामी महाधिवेशनमा पराजित गरिछाड्ने बताउँदै आएका छन् । यद्यपि उनीहरुले कसलाई साझा उम्मेदवार बनाउने भन्ने टुंगो लगाएका छैनन् । 

यसअघिको तेह्रौँ महाधिवेशनमा पौडेल सभापति देउवाका निकटतम प्रतिद्वन्द्वी थिए । सभापतिका अर्का उम्मेदवार कृष्णप्रसाद सिटौलाले ल्याएको मत र पौडेलको मत जोड्दा देउवाको भन्दा धेरै हुन आउँछ ।





  • प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार १६:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया