धादिङमा ट्रक दुर्घटना ६को मृत्यु, १९ घाइते

काठमाडौ– धादिङमा यात्रु बोकेको एउटा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

धादिङकै ज्वालामुखी गाउँपालिका–४ मा रहेको मन्डली दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको मिनीट्रक निलकण्ठ नगरपालिका–८ मैदीभञ्जाङमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । 

ग१ख ८०१२ नम्बरको ट्रक पल्टिएको स्थानमा स्थानीयवासी र प्रहरीले उद्दार कार्य जारी राखेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

प्रहरीका अनुसार गम्भीर घाइते धेरै भएकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिन्छ । मृतकको सनाखत हुन सकेको छैन । 





  • प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार १७:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया