देउवा निवासमा कांग्रेस शीर्ष नेताकाे बैठक

काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक रुपमा उठेका विविध विषयको सहज समाधान गर्न शीर्ष नेताहरुको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु छन् । 

उपसभापति विमलेन्द्र निधि सहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाबीच गएको सोमबार भएको छलफल अनुसार देउवा र पौडेल समेतको उपस्थितिमा सहमतिको प्रयासमा नेताहरू जुट्न लागेका हुन् ।

दोस्रो तहका नेताले पार्टीको १४ औं महाधिवेशनको मिति राखेर तल्लो तहका अधिवेशनका कार्यतालिका संशोधन गर्ने समझदारी गरेका छन् । तर, त्यसलाई शीर्ष नेताकै सहभागितामा अन्तिम निर्णय दिने र त्यो बैठक सभापतिले बोलाउने उनीहरूबीच समझदारी बनेको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसअघि २०७७ फागुन ७ देखि १० गतेसम्म १४औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तल्लो तहको अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि तोक्ने भन्ने विषय भने टुंगो लाग्न बाँकी छ ।





  • प्रकाशित मिति : माघ ८, २०७६ बुधबार १७:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया